News Griha :: न्यूजगृह
योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता रेखा शर्मा । तस्बिर: नेपाल न्यूज ब्याङ्क

काठमाडौं— सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकर लाई योजना आयोगको सदस्य नियुक्त गरेको हो ।

बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।

यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. साहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।    

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:११
Weather Update