
चिलीमा भीषण आगलागी, एक हजार बढी घर जले, ५१ जनाको मृत्यु आइतबार, माघ २१, २०८० मध्य चिलीमा जङ्गलमा लागेको आगोले भीषणरूप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार टोली पुग्ने सकेको छैन ।

प्रहरी जवानले गरे श्रीमती र साढे २ वर्षीय छोराको हत्या आइतबार, माघ २१, २०८० ‘नेपालगञ्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैँले स्वीकार गरेका छन् । श्रीमती र छोराको हत्यापछि...

सुक्खा पहिरोमा परी सङ्खुवासभामा एक जना घाइते, कोशी राजमार्ग अवरुद्ध आइतबार, माघ २१, २०८० सङ्खुवासभाको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु–३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तरदक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।

आज विश्व क्यान्सर दिवस मनाइदै आइतबार, माघ २१, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान साढे १० बजे मन्त्रालयको हलमै क्यान्सरविरुद्ध सतर्कता बढाउन छलफल कार्यक्रम राखेको छ । क्यान्सरविरुद्ध पहुँच र सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन शिला श्रेष्ठले बताइन् ।

पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार आइतबार, माघ २१, २०८० पश्चिम नवलपरासीमा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका—१६ केराबारीनजिकै ६५ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।

देशभरको मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना आइतबार, माघ २१, २०८० हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावस्वरूप यतिबेला (आइतबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु शनिबार, माघ २०, २०८० मोरङमा शनिबार भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

आइतबार यी प्रदेशमा वर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह शनिबार, माघ २०, २०८० आइतबार नेपालका धेरै स्थानहरूमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ...

विमानस्थल प्रहरी प्रमुख चन्दले दिए राजीनामा शनिबार, माघ २०, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।उनले व्यक्तिगत कारणले राजीनामा दिएको न्यूजगृहसँग बताए । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु शनिबार, माघ २०, २०८० शनिबार बिहानै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ढाकावाङ्गको थापाडाडाँमा सडकबाट करिब १५० मिटर जीप तल खसेको हो । दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन । थप विवरण आउँन बाँकी छ ।

दाङमा जीपले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु शनिबार, माघ २०, २०८० दाङमा शुक्रबार जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–८ बिजौरी बस्ने २७ वर्षीय मोटरसाइकल चालक सुनिल चौधरी छन् ।

लापसे गरि गाडी चलाउने ६ जना चालक पक्राउ शनिबार, माघ २०, २०८० प्रहरी टोलीले २५ वटा सवारी साधन चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।









