News Griha :: न्यूजगृह
२५ हजार अमेरिकी डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
२५ हजार अमेरिकी डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियु आई विङक्यान लाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा 
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा  चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । ‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका एक अधिकृतले भने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले अनभिज्ञता प्रकट गरे ।  
युद्ध रोक्न रुसका राष्ट्रपति पुटिनलाई नेपालबाट पठाइयो ज्ञापनपत्र
युद्ध रोक्न रुसका राष्ट्रपति पुटिनलाई नेपालबाट पठाइयो ज्ञापनपत्र सोमबार दिउँसो काठमाडौंस्थित रुसी दूतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई बिनासर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरिएको छ ।
फर्जी कागज बनाएर विद्यालय व्यवस्थापन समिति गठन, जनप्रतिनिधिहरू नै किर्ते काममा लागेको आरोप
फर्जी कागज बनाएर विद्यालय व्यवस्थापन समिति गठन, जनप्रतिनिधिहरू नै किर्ते काममा लागेको आरोप हस्ताक्षरको दूरुपयोग गरी  माइन्युट नै तयार पारी विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भीर विषय प्रस्तावमा नराखी, समितिमा कुनै छलफल नै नगराई जालसाजीपूर्ण तरिकाले व्यवस्थापन समिति गठन गरिएको भन्दै वडा सदस्य राम विनोद लामिछाने, राजकाजी श्रेष्ठ, पार्वती श्रेष्ठ र सीता सुनारले सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाहीको माग राख्दै नगरपालिकामा उजुरी...
मदिरा खाएर गाडी चलाउँदा... 
मदिरा खाएर गाडी चलाउँदा...  बागमती प्रदेश बीएसी ९००६ नम्बरको निजी कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा गाडीमा रहेका नवलपुर गैंडाकोट– १३ का २७ वर्षीय विपिन पराजुली र चितवन भरतपुर महानगरपालिका–१९ का २२ वर्षीय मनिष लामा घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । 
मुगुको खत्याडमा जलेर दुई बालबालिकाको मृत्यु 
मुगुको खत्याडमा जलेर दुई बालबालिकाको मृत्यु  मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । खत्याड गाउपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिर भएको आगलागीमा परी उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 
विभिन्न मुद्दाका २ अभियुक्त पक्राउ 
विभिन्न मुद्दाका २ अभियुक्त पक्राउ  बारा प्रहरीले विभिन्न मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–६ रौवाहका ६८ वर्षीय जादोलाल राउत र बाराकै आदर्शकोतवाल गाउँपालिका–१ चिउटाहाका ६५ वर्षीय रउदी बैठा छन् ।
धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश— लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?
धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश— लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि...
यी प्रदेशमा आज सामान्य वर्षा र हिमपात
यी प्रदेशमा आज सामान्य वर्षा र हिमपात महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको अनुमान छ ।
बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्का वर्षा, सोमबारदेखि  मौसममा सुधार हुँदै जाने
बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्का वर्षा, सोमबारदेखि  मौसममा सुधार हुँदै जाने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नामिबियाका राष्ट्रपति गिंगोबको निधन
नामिबियाका राष्ट्रपति गिंगोबको निधन एक हप्ताअघि मात्रै उनी क्यान्सरमुक्त भएको बताइएकोमा आइतबार बिहान उनको मृत्यु भएको हो । राष्ट्रपति गिंगोबको निधनपछि तत्कालका लाग उपराष्ट्रपति नंगोलो एमबुम्बाले सत्ता सम्हालेका छन् । उनले संसद्को निर्वाचन र राष्ट्रपति चुनावसम्मका लागि सत्ता सम्हाल्नेछन् । अर्को चुनाव यो वर्षको अन्तिममा हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 
ठमेलमा चिनियाँ नागरिक मृत भेटिए
ठमेलमा चिनियाँ नागरिक मृत भेटिए ठमेलस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार माघ १० देखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । 
Weather Update