News Griha :: न्यूजगृह
नामिबियाका राष्ट्रपति गिंगोबको निधन
BBC

काठमाडौं— नामिबियाका राष्ट्रपति हेज गटफ्रिड गिंगोबको निधन भएको छ । ८२ वर्षीय गिंगोबको आइतबार बिहान अस्पतालमा मृत्यु भएको नामिबियाको राष्ट्रपति कार्यालयले जनाएको छ । उनी क्यान्सर पीडित हुन् । 

एक हप्ताअघि मात्रै उनी क्यान्सरमुक्त भएको बताइएकोमा आइतबार बिहान उनको मृत्यु भएको हो । राष्ट्रपति गिंगोबको निधनपछि तत्कालका लाग उपराष्ट्रपति नंगोलो एमबुम्बाले सत्ता सम्हालेका छन् । उनले संसद्को निर्वाचन र राष्ट्रपति चुनावसम्मका लागि सत्ता सम्हाल्नेछन् । अर्को चुनाव यो वर्षको अन्तिममा हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

गिंगोब नामिबियालाई दक्षिण अफ्रिकाबाट स्वतन्त्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमध्येका एक हुन् । उनी स्वतन्त्र नामिबियाका प्रथम प्रधानमन्त्री पनि हुन् । सन् १९९० मा नामिबिया स्वतन्त्र भएपछि उनी २००२ सम्म प्रधानमन्त्री बनेका थिए । स्वतन्त्र नामिबियाको संविधान बनाउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:४९
Weather Update