News Griha :: न्यूजगृह
‘क्यान इन्फोटेक-२०२४’ सुरु, ५ दिनसम्म चल्ने प्रदर्शनीको सञ्चारमन्त्री शर्माले गरिन् उद्घाटन
‘क्यान इन्फोटेक-२०२४’ सुरु, ५ दिनसम्म चल्ने प्रदर्शनीको सञ्चारमन्त्री शर्माले गरिन् उद्घाटन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन गरिन् । उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री  शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको...
क्यानडाविरुद्धको खेलमा जब सन्दीपको पक्षमा नाराबाजी चल्यो...
क्यानडाविरुद्धको खेलमा जब सन्दीपको पक्षमा नाराबाजी चल्यो... क्यानडाविरुद्धको खेल भइरहँदा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुमाउँदा दर्शक दीर्घाबाट सन्दीपको पक्षमा नाराबाजी भएको हो ।
जाजारकोटमा अमेरिकाको १३ लाख ७० हजार डलर सहयोग
जाजारकोटमा अमेरिकाको १३ लाख ७० हजार डलर सहयोग जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुनरुत्थानका लागि अमेरिकी सरकारले यूएसएआईडीमार्फत १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ । गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरुत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर अर्थात १८ करोड १७ लाख बढी नेपाली रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी
पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।
सुन समितिलाई बयान दिँदै पूर्वसभामुख महरा 
सुन समितिलाई बयान दिँदै पूर्वसभामुख महरा  स्रोतका अनुसार समितिले बोलाएपछि उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेका छन् । विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो ।
सामाजिक सञ्जालमार्फत अपराध : ७ महिनामा १३ हजार उजुरी
सामाजिक सञ्जालमार्फत अपराध : ७ महिनामा १३ हजार उजुरी प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँगाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ । 
बग्दादमा अमेरिकाको ड्रोन आक्रमण, इरान समर्थित हिजबुल्लाहका कमान्डरसहित तीनको मृत्यु
बग्दादमा अमेरिकाको ड्रोन आक्रमण, इरान समर्थित हिजबुल्लाहका कमान्डरसहित तीनको मृत्यु इराकको राजधानी बग्दादमा बुधबार अमेरिकाले ड्रोन आक्रमण गरेको छ । मिडिया रिपोर्ट अनुसार आक्रमणमा एक शीर्ष कमान्डरसहित इरान समर्थित मिलिसिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ । पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा कताइब हिजबुल्लाहका कमान्डर र उनका दुई सहयोगी थिए । आकस्मिक...
मौसम : तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात
मौसम : तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात देशका पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का...
पाकिस्तानमा निर्वाचन लक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते
पाकिस्तानमा निर्वाचन लक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते ‘आतंकवादीहरूले चुनावी उम्मेदवारहरूलाई लक्षित गरी मानिसहरूलाई मतदान केन्द्रहरूमा जानबाट रोक्नको लागि लक्षित गरिरहेका छन् तर निर्वाचन निर्धारित समयमै अघि बढ्न सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थप गरिएको छ,’ जेहरीले भने । स्थानीय मिडिया रिपोर्टका अनुसार किल्ला अब्दुल्ला क्षेत्रमा जेयूआई उम्मेदवारको चुनावी कार्यालयमा भएको शक्तिशाली विस्फोटमा ठूलो क्षति भएको थियो, जसमा आठ जनाको...
५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर 
५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर  घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कार्कीलाई गत पुस पहिलो साता जितपुरस्थित जैसवाल होटलबाट नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो । 
बाँसबारी छाला जुत्ता कारखाना प्रकरण: अरुण चौधरीसहित तीन जना थुनामुक्त
बाँसबारी छाला जुत्ता कारखाना प्रकरण: अरुण चौधरीसहित तीन जना थुनामुक्त बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन् । सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार मध्याह्न तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय...
महँगी र सङ्कटकाबीच पाकिस्तानमा आमचुनाव, दौडमा पाँच हजार उम्मेदवार
महँगी र सङ्कटकाबीच पाकिस्तानमा आमचुनाव, दौडमा पाँच हजार उम्मेदवार पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका अधिकांश सदस्यहरू जनताद्वारा निर्वाचित हुन्छन् । राष्ट्रिय सभामा कुल ३३६ सिट छन्, जसमध्ये २६६ सिटका लागि जनताले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि...
Weather Update