News Griha :: न्यूजगृह
पैदलयात्रुका लागि फुटपाथ सजिलो बनाउन काठमाडौं महानगरको चासो, उपप्रमुखले गरिन् अनुगमन
पैदलयात्रुका लागि फुटपाथ सजिलो बनाउन काठमाडौं महानगरको चासो, उपप्रमुखले गरिन् अनुगमन काठमाडौं शहरमा पैदल मार्गको चौडाइ कम नै छ, भएका मार्गमा पनि बीचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । महानगरले फुटपाथमा व्यापार गर्न रोक लगाए पनि मुख्य शहरी क्षेत्रका सडक किनारा पैदलयात्राका लागि सहज छैनन् । महानगरपालिकाको आफ्नै अनुगमनले पनि यस्तो पाएको...
रुसी सेनामा नेपाली: १४० जनाले दिए उद्धारका लागि निवेदन
रुसी सेनामा नेपाली: १४० जनाले दिए उद्धारका लागि निवेदन पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन् । यसैगरी कन्सुलर सेवा विभागमा...
न्यूयोर्कको जिल्ला अदालतमा भारतीय मूलका न्यायाधीश नियुक्त
न्यूयोर्कको जिल्ला अदालतमा भारतीय मूलका न्यायाधीश नियुक्त न्यूयोर्कको जिल्ला अदालतमा सेवा गर्ने बुलसारा धितोपत्र, सम्झौता, दिवालियापन र नियामक मामिलाहरूमा विशेषज्ञ छन् । ४६ वर्षीया बुलसारा सन् २०१७ देखि न्यूयोर्कको पूर्वी जिल्लामा अमेरिकी मजिस्ट्रेट न्यायाधीशको रूपमा कार्यरत छन् । बुल्साराले अमेरिकी अदालतमा नियुक्त हुने पहिलो दक्षिण एसियाली अमेरिकी संघीय न्यायाधीश बन्ने गौरव पनि प्राप्त गरेका छन् ।
चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्कियो
चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्कियो चितवनमा गएराति बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौं आँउदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बर बस सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किएको हो ।  
सहायक हवल्दार मृत्यु घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
सहायक हवल्दार मृत्यु घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन मैनालीको नेतृत्वमा गठन भएको समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारी सदस्य छन् । 
यी प्रदेशमा आज हिमपातको सम्भावना, काठमाडौंको न्यूनतम तापक्रम कति ?
यी प्रदेशमा आज हिमपातको सम्भावना, काठमाडौंको न्यूनतम तापक्रम कति ? देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज तामाङ समुदायको सोनम ल्होसार, विविध कार्यक्रमका साथ मनाइदै
आज तामाङ समुदायको सोनम ल्होसार, विविध कार्यक्रमका साथ मनाइदै तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको छ ।
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित]
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा [सूचीसहित] सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । उनीहरूलाई गृह मन्त्रालयले शुक्रबार सरुवा तथा काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हराएका १७ सवारीसाधन फेलापारि सम्बन्धित धनीलाई हस्तान्तरण
हराएका १७ सवारीसाधन फेलापारि सम्बन्धित धनीलाई हस्तान्तरण कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट दुईपाङ्ग्रे सवारी फेला परेका ट्राफिक प्रहरीले जनाएको छ ।
स्वास्थ्यमन्त्री बस्नेतको बलमिच्याइँलाई सर्वोच्चको अङ्कुश
स्वास्थ्यमन्त्री बस्नेतको बलमिच्याइँलाई सर्वोच्चको अङ्कुश सर्वोच्च न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ । यो सँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको बलमिच्याइँलाई पुन: अदालतले रोकिएको छ । डा. बसौला पुन: बोर्डमा फकिने बाटो खुलेको छ । डा. बसौलाले...
२० हजार रुपैयाँ घुस खाने इन्जिनियरलाई एक महिना कैद
२० हजार रुपैयाँ घुस खाने इन्जिनियरलाई एक महिना कैद विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको छ । 
अपहरण गरी १३ वर्षीया बालिकाको सामूहिक बलात्कार, तीन जना पक्राउ
अपहरण गरी १३ वर्षीया बालिकाको सामूहिक बलात्कार, तीन जना पक्राउ तीन जनाको समूहले सम्सी गाउँपालिका–१ स्थित मामाघर बस्दै आएकी बालिकालाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार गत माघ २२ गते राति साढे १ बजे आमालाई घरमा थुनेर सो समूहले बालिकालाई घरबाट डेढ किलोमिटर टाढा बाँसघारीमा लगेर बलात्कार गरेका थिए...
Weather Update