काठमाडौंको एक होटलमा महिला मृत भेटिएको घटना : सँगै बसेका पुरुष पक्राउ आइतबार, माघ २८, २०८०

बाँसबारी जग्गा प्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री असन्तुष्ट आइतबार, माघ २८, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार उनले अदालतले म्याद तोकेर दुई दिनभित्र अनुसन्धान गरेर छाडिदेऊ भनेर दिएको निर्देशन न्यायिक इतिहासमा नै पहिलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

छोराछोरीको हत्या गरेर आमाले गरिन् आत्महत्या आइतबार, माघ २८, २०८० रविना महर्जनले छोरा र छोरीको सिरानीले मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए । 'प्रारम्भिक हेर्दा बच्चाहरूको सास फेर्न नपाएर मृत्यु भएको जस्तो देखिएको छु,' एसपी कार्कीले भने ।

नक्कली सुन देखाएर करिब ८ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ आइतबार, माघ २८, २०८० पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने वर्ष ३८ को छुल्टीम लामा, वर्ष ३३ को राजेन्द्र तामाङ, वर्ष २७ को चिनबहादुर लामा, काठमाडौं मुलपानी बस्ने वर्ष ३१ को मिलन भन्ने दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का वर्ष ४८ को जितबहादुर तामाङ छन् ।

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १९ वर्षीय युवक जेलको शौचालयमा मृत भेटिए आइतबार, माघ २८, २०८० बलात्कार आरोपमा पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ६, का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार मृत फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।

युवक मृत्यु घटनामा सहायक प्रहरी हवल्दारसहित २ जना पक्राउ आइतबार, माघ २८, २०८० कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना आइतबार, माघ २८, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जीप दैलेखमा दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको जीप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।

भक्तपुरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु आइतबार, माघ २८, २०८० जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका– ७ का ५४ वर्षीय मुकुन्दप्रसाद तिमल्सिना गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा साढे ८ बजे मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए ।

आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा आइतबार, माघ २८, २०८० हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् । बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले शनिबार राजीनामा दिएकी हुन् । हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाएको थियो ।

बम विस्फोटका घाइतेलाई जलाएको घटना: कांग्रेस नेता आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ आइतबार, माघ २८, २०८० रौतहट जिल्ला अदालतले आइतबारबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ । आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी अदालतले आलम लगायत ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु आइतबार, माघ २८, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

हिमपातपछि राराताल किनार सेताम्ये, रमाउँदै आन्तरिक पर्यटक शनिबार, माघ २७, २०८० हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरू पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०/६० जना आउने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै...

काठमाडौंको एक होटलमा महिला मृत फेला, सँगै बसेका पुरुष फरार शनिबार, माघ २७, २०८० काठमाडौंको एक होटलमा शनिबार अपरान्ह एक महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– ९ स्थित एक होटलमा ती महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।








