समलिङ्गी विवाहलाई कानुनी मान्यतामंगलबार, फागुन १, २०८०

कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप मंगलबार, फागुन १, २०८० एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै वर्तमान मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको आरोप लगाएका हुन्। कार्कीबाट सत्ता टिकाउन ‘जस्तोसुकै हर्कत गर्न अग्रसर भएको’ आरोप एमालेको छ।

महिलालाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्नुपर्छ: राष्ट्रपति मंगलबार, फागुन १, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु।’

गण्डकीमा फेरि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ मंगलबार, फागुन १, २०८० अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन। जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित हुन जरुरी छ।

पहिलो पटक गाउँमा बस पुगेपछिको खुसियाली... मंगलबार, फागुन १, २०८० खोटाङको दिक्तेल खाल्लेमा पहिलो पटक बस पुगेको छ। गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयमा उल्लास छाएको छ। ९५ वर्षीय वृद्धाले शुभारम्भ गरेको बस सेवा र स्थानीयमा छाएको खुसी साटासाट गर्दा बेग्लै आनन्द सञ्चार हुन्छ।

भृकुटीमण्डपमा दुर्गा प्रसाईँको सभा बिहान ११ बजेपछि, यी स्थानबाट निस्कदैछ जुलुस मंगलबार, फागुन १, २०८० सभामा सहभागी हुन प्रसाईँले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् । तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ। कसैले सकारात्मक जवाफ दिएका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन् ।

आज विश्व रेडिओ दिवस मंगलबार, फागुन १, २०८० आज फेब्रुअरी १३ अर्थात् विश्व रेडिओ दिवस मनाइदैछ । ‘रेडिओर विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि रेडिओकर्मी र सम्बद्ध सङ्घसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । नेपालमा खास गरी १० वर्षे सशस्त्र द्वन्द्वका बेला नेपालका रेडिओहरूले पुर्याएको योगदान र शान्ति प्रकृयामा रेडिओले गरेको...

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा मंगलबार, फागुन १, २०८० आठ पूर्व मरिनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए । उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, आरोपहरू सार्वजनिक गरेनन् । सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको भारतीय मिडियाले जनाएका थिए । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई...

जनयुद्ध ऐतिहासिक र गौरवशाली: प्रधानमन्त्री दाहाल मंगलबार, फागुन १, २०८० नेपाल सरकार गृहमन्त्रालयले जनयुद्ध दिवसको दिन फागुन १ गते बिदा नरहेको जानकारी गराएको छ। गृहले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका दिन सार्वजनिक बिदा नरहेको सूचित गरेको हो।

यी हुन् भगवान गणेशको पूजा गर्ने १०८ मन्त्र मंगलबार, फागुन १, २०८० आज मंगलबार, भगवान गणेशको पूजा आराधना गर्ने दिन। भगवान गणेशको पूजा आराधनासहित कामको सुरुवात गरे काम शिद्ध हुने धार्मिक विश्वास छ। भगवान गणेशको पूजाका लागि प्रयोग गर्ने १०८ मन्त्र पढ्नुहोस्।

आज मंगलबार गणेशको पूजाआराधना गर्ने दिन मंगलबार, फागुन १, २०८० हिन्दु धर्मावलम्बीले मंगलबार गणेश भगवानको पूजा गर्दछन्। ज्योतिषशास्त्र अनुसार मंगलबारलाई भगवान गणेशको बारका रुपमा मानिन्छ।मंगलबारका दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिनको व्रतमा बिहानको खाना खान नहुने र साँझमा नुन खान नहुने मान्यता छ।

मेनुका पौडेलको परिश्रम र योग्यताले नेपालीको शिर उच्च बनायो : राष्ट्रपति सोमबार, माघ २९, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।

नेपालीको खर्च बढ्यो, औसत प्रतिव्यक्ति उपभोग खर्च १ लाख २६ हजार रुपैयाँ पुग्यो सोमबार, माघ २९, २०८० नेपालीको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च बढेको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० ले यस्तो देखाएको हो । सर्वेक्षणको नतिजाअनुसार २०६६/६७ मा औसत प्रतिव्यक्ति उपभोग खर्च ७५ हजार ९ सय २ रुपैयाँ रहेकोमा हाल १ लाख २६ हजार १ सय ७२...









