News Griha :: न्यूजगृह
कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा

काठमाडौं– कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् । 

आठ पूर्व मरिनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए । उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, आरोपहरू सार्वजनिक गरेनन् । सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको भारतीय मिडियाले जनाएका थिए । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू प्रदान गर्दछ ।

एक वर्षभन्दा बढी जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व मरीनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त निर्णयविरुद्ध भारतले अपिल गरेको थियो । कतार भारतलाई प्राकृतिक ग्यासको प्रमुख आपूर्तिकर्ता हो ।

त्यहाँ करिब आठ लाख भारतीय काम गर्छन् । दुई देशबीच सधैँ राम्रो सम्बन्ध रहँदै आएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:२७
Weather Update