News Griha :: न्यूजगृह
आज विश्व रेडिओ दिवस

काठमाडौं— आज फेब्रुअरी १३ अर्थात् विश्व रेडिओ दिवस मनाइदैछ । ‘रेडिओ र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि रेडिओकर्मी र सम्बद्ध सङ्घसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।  

नेपालमा खास गरी १० वर्षे सशस्त्र द्वन्द्वका बेला नेपालका रेडिओहरूले पुर्‍याएको योगदान र शान्ति प्रकृयामा रेडिओले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । देशका कुना कन्दरासम्म पुगेको रेडिओप्रसारण अहिले पनि उत्तिकै लोकप्रिय छ ।

आज सामुदायिक रेडिओहरूको छाता संगठन, सामुदायिक रेडिओ प्रसारक संघले विभिन्न कार्यक्रम गरी रेडिओ दिवस मनाउन लागेको छ ।  

नेपालमा भने २००२ सालमा काठमाडौंमा रेडिओको प्रसारण सुरू भएको पाइन्छ ।  भने रेडिओ नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो । एफएम रेडिओको प्रसारण भने २०५२ सालपछि सुरू भएको हो । विश्वमा भने व्यवसायिक रेडिओ प्रसारण सुरू भएको करिब एक शताब्दी नै बितिसकेको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडिओ दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:४७
Weather Update