काठमाडौंको एक होटलमा महिला मृत फेला, सँगै बसेका पुरुष फरार

काठमाडौं— काठमाडौंको एक होटलमा शनिबार अपरान्ह एक महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– ९ स्थित एक होटलमा ती महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ४५/५० वर्षीय महिला मृत फेला परेकी हुन् । अहिलेसम्म उनको पहिचान नखुलेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार ती महिला एक पुरुषसँगै कोठामा बसेकी थिइन् । ती पुरुष भने घटनापछि त्यहाँ भेटिएका छैनन् ।
महिलाको मृत्युपछि पुरुष फरार रहेको र उनको पहिचान भने पत्ता लागिसकेको ती प्रहरी अधिकारीले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० २०:५२