News Griha :: न्यूजगृह
बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुग्यो, तीनै जनालाई अदालत लगियो

काठमाडौं— बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले अरुण चौधरी, अजितनारायण सिंह थापापछि थप एकजनालाई पक्राउ गरेको छ । 

चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दियो । 

'बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने क्रियामा ठाकुर समेतको प्रत्यक्ष संलग्नता रहेको देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो,' सीआईबी स्रोतले भन्यो ।

उद्योगी चौधरीलाई बिहीबार अपराह्न लाजिम्पाटस्थित आफ्नै घरबाट सीआईबीले पक्राउ गरेको थियो भने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । 

तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा वडा नम्बर ३ का ४८ जनाले उजुरी दिएको स्रोतको भनाइ छ । पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:३९
Weather Update