News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक 

काठमाडौं— १२ कक्षामा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक गरेका छन् ।

काठमाडौंको एक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रोहित रोकायाले पनिकाको वेबसाइट ह्याक गरेको खुलेको हो । 

Prabhu Bank

मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको थियो ।

उक्त अकाउन्टमा लेखिएको छ, ‘हिजोदेखि टीयूले अनलाइन सेवा सुरु गरेसँगै यसले टीयूको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ यसले गर्दा टीयूको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ । अब टीयूले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ ।’

उक्त अकाउन्टमा अब टीयूले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्व दिन अत्यन्त जरुरी रहेको उल्लेख गरिएको छ । ह्याकर रोकायाले सबैको डाटा सुरक्षित रहेको पनि बताएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:४६
Weather Update