News Griha :: न्यूजगृह
हेलम्बुमा जीप दुर्घटना, २ भुटानी नागरिकको मृत्यु

काठमाडौं— सिन्धुपाल्चोकको हेलम्बुमा जीप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु भएको छ । 

हेलम्बुको वडा नम्बर १ मा रहेको दोरिङ भीरमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये चार जना भुटानी र एक नेपाली रहेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुलेको छैन ।

भुटान बाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको जीप दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ । a

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:४४
Weather Update