महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ, घटनाको कारण ‘अवैध शारीरिक सम्बन्ध’सोमबार, माघ १५, २०८०

अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो आइतबार, माघ १४, २०८० गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई त्यहाँबाट हटाइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई यसबारे जानकारी दिएका हुन् ।
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ आइतबार, माघ १४, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो । सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ माग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

पूर्वराजाको चित्त दुखाई आइतबार, माघ १४, २०८० पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको सपरिवार हत्या भएको घटना स्मरण गरेका छन् । २०५८ जेठ १९ को शुक्रबार भएको राजपरिवारको हत्याकाण्डसँग आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा शाहले गुनासो गरेका छन् । नागरिक अभिनन्दन ग्रहण वीरगञ्ज पुगेका पूर्वराजा शाहले शनिबार उपस्थित माझ राजदरबार हत्याकाण्डपछि ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको...

गृह मन्त्रालयले भन्यो— यस वर्षको शहीद दिवसमा बिदा छैन आइतबार, माघ १४, २०८० २०८१ सालको शहीद दिवसमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सरकारले यो वर्ष शहीद दिवस (माघ १६)मा बिदा नभएको स्पष्ट गरेको छ ।

घुस दिएको आरोपमा सेवाग्राहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा आइतबार, माघ १४, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागमा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अब हिरो, खेल्ने भए फिल्म आइतबार, माघ १४, २०८० आज काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको घोषणासँगै शुभमुहूर्त गरी यो जानकारी दिइएको हो । यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । रमित ढुङ्गानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जीवनीमा आधारित हुनेछ ।

भिजिट भिसा सेटिङ प्रकरण: विमानस्थल अध्यागमन कार्यालयका ८ अधिकृत फरार आइतबार, माघ १४, २०८० भिजिट भिसामा सेटिङको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार छन् । प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ । उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन् । ...

सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी आइतबार, माघ १४, २०८० अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ आइतबार, माघ १४, २०८० ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् । उनलाई लाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ : प्रधानमन्त्री आइतबार, माघ १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आइतबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग...

यूएनआरडब्ल्यूएलाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग आइतबार, माघ १४, २०८० इजरायलले यूएनआरडब्ल्यूए संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो । त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो ।

आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली आइतबार, माघ १४, २०८० ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भाइरल ज्वरो...









