४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

तनहुँ— ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् ।
उनलाई लाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र बेलचौतारा बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०८० १२:५७