News Griha :: न्यूजगृह
काठमाडौंबाट १७ जना जुवाडे पक्राउ

काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बेँसीगाउँस्थित खाजाघरमा तास खेलिरहेका १७ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सोलुखुम्बुकी २९ वर्षीया अनु तामाङले सञ्चालन गरेको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ९५० र नौ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०७:३०
Weather Update