News Griha :: न्यूजगृह
अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै
अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज बनाएको हो । 
पूर्वलडाकु कमान्डर 'मार्शल' पक्राउ
पूर्वलडाकु कमान्डर 'मार्शल' पक्राउ माओवादीका पूर्वकमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ५ दिनअघि काठमाडौंबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको छ । उनलाई रुकुम पूर्वबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पक्राउ
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पक्राउ गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।
हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस, तापक्रम माइनस १० डीग्री सेल्सियस
हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस, तापक्रम माइनस १० डीग्री सेल्सियस मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको छ । विमानस्थलमा रहेको मौसम मापन गर्ने उपकरणमा आजको तापक्रम माइनस १० डिग्री सेल्सियस देखिएको सिमकोट विमानस्थलका प्रमुख मेन्द्रसिंहले बताए । बादल लागेसँगै अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायातले समेत नेपालगञ्ज, सुर्खेतबाट उडान भर्न नसकेको विमानस्थल...
पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या
पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका– ४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा १ जना पक्राउ
युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा १ जना पक्राउ पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका ४ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरञ्जन बुढाथोकी छन् । उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । ​​​
बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा पूर्वी तराईको जनजीवन प्रभावित
बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा पूर्वी तराईको जनजीवन प्रभावित बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिनअघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो । 
काठमाडौंको आकाशमा बादल, पानी पर्ने वातावरण अझै बनेन
काठमाडौंको आकाशमा बादल, पानी पर्ने वातावरण अझै बनेन नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौंको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।
आजदेखि शहीद सप्ताह सुरु, शास्त्रीको सालिकमा माल्यार्पण 
आजदेखि शहीद सप्ताह सुरु, शास्त्रीको सालिकमा माल्यार्पण  आजदेखि शहीद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनको योगदानलाई सम्झिएको छ । उपमेयर सुनिता डङ्गोलसहित महानगरका अधिकारीहरूले टेकुको पचलीस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरेका छन् । उपमेयर सुनिता डङ्गोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको...
स्वीडेनलाई नेटो सदस्य राष्ट्र बन्न बाटो खुला
स्वीडेनलाई नेटो सदस्य राष्ट्र बन्न बाटो खुला स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई संसद्मा लामो समय छलफल गरेपछि मतदान गर्ने क्रममा चार जना सांसद अनुपस्थित थिए भने ५५ जनाले प्रस्तावको विपक्षमा मतदान गरे । स्वीडेनले सन् २०२२ मा नाटो सदस्यताका लागि आवेदन दिएको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले यो निर्णय लिएको थियो ।
रामबहादुर बम्जनविरुद्ध यौन शोषणको मुद्दा हाल्ने किशोरीका बुबा सवारी दुर्घटनामा मारिए
रामबहादुर बम्जनविरुद्ध यौन शोषणको मुद्दा हाल्ने किशोरीका बुबा सवारी दुर्घटनामा मारिए सिन्धुली प्रहरीका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ त ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो । 
नापी सर्वेक्षकसहित ३ जना घुस लिएको आरोपमा पक्राउ
नापी सर्वेक्षकसहित ३ जना घुस लिएको आरोपमा पक्राउ आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 
Weather Update