News Griha :: न्यूजगृह
पूर्वलडाकु कमान्डर 'मार्शल' पक्राउ

काठमाडौं— माओवादीका पूर्वकमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ५ दिनअघि काठमाडौंबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको छ । उनलाई रुकुम पूर्वबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष बाबुराम भट्टराईले युद्धकालीन मुद्दामा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । उनी भूमिगत भइसकेपछि २०५३ मा चरेस ओसारपसार गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

०७२ मा जिल्ला अदालत दाङले उनलाई २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी ०७४ मा रुकुम पूर्वबाट नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएका थिए ।

‘युद्धकालीन मुद्दा मलाई र प्रधानमन्त्री प्रचण्डलाई पनि छन् । ती मुद्दाका आधारमा गिरफ्तार गर्दै जाने हो भने के हुन्छ?,’ भट्टराईले भने, ‘युद्धकालीन मुद्दालाई शान्ति प्रक्रियासँग जोडेर हल गर्नुपर्छ ।'

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०५:४४
Weather Update