आजको मौसम
तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।
उसका अनुसार देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताइको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० ०६:४२













