चिर्पटले हानेर हजुरबुबाको हत्या गर्ने नाति पक्राउशनिबार, फागुन १२, २०८०
![२६ दिने शिशु चोरी गर्ने दैलेखकी मनिषा सिंहसहित ३ जना पक्राउ [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/shishu-chori-1708741149.jpg)
२६ दिने शिशु चोरी गर्ने दैलेखकी मनिषा सिंहसहित ३ जना पक्राउ [अपडेट] शनिबार, फागुन १२, २०८० पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी सिंहसहित अन्य २ जना छन्। शुक्रबार राति ११:४५ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काँडाघारीबाट नाबालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो।

प्रसूति गृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा भेटिइन्, एक महिला पक्राउ शनिबार, फागुन १२, २०८० थापाथलीस्थित प्रसूतिगृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा फेला परेकी छन्।शिशुलाई काँडाघारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। ती शिशुलाई लिएर प्रसूतिगृहबाट बेपत्ता भएकी महिलालाई पनि शिशुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पानी पर्ने सम्भावना शनिबार, फागुन १२, २०८०

मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते शुक्रबार, फागुन ११, २०८० उदयपुरको त्रियुगा नगरपालिका–८ मा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।नेपालटारबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकसँग को–२८ प ७०८६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घूस लिँदालिँदै पक्राउ परेका नासु र नापी सर्वेक्षकविरुद्ध मुद्दा दायर शुक्रबार, फागुन ११, २०८० जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा उनीहरूलाई गत माघ ९ गते पक्राउ गरिएको थियो। आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ।

अभिनेत्री रेखा थापालाई पुत्री लाभ शुक्रबार, फागुन ११, २०८० अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ। अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन्।रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अङ्गालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन्। उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन्।

कसरी चोरी भयो २६ दिनको शिशु?, संदिग्ध महिलाको खोजी सुरु शुक्रबार, फागुन ११, २०८० थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ।अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन्। मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा...
![बुढीगंगा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/morang-accident-1708663704.jpeg)
बुढीगंगा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर [अपडेट] शुक्रबार, फागुन ११, २०८० भारतीय नम्बर प्लेट प्लेटको मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए। उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन्। त्यस्तै, किचिएर मृत्यु हुनेमा अर्की स्थानीय ७ वर्षीया रीमा खवास छिन्।
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने, बिहीबार कहाँ कति पानी पर्यो? शुक्रबार, फागुन ११, २०८० आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई स्थानमा छिटफुट वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै...

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु शुक्रबार, फागुन ११, २०८० चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी–१० कै कठार जाँदै थिए। तर, बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र खुट्टा च्यापिएको अवस्थामा स्थानीयले भेटाएपछि बिहान पौने ६ बजे प्रहरीलाई खबर गरेका थिए।

मोरङमा मालबाहक ट्रकले तीन बालबालिकासहित चार जनालाई किच्यो शुक्रबार, फागुन ११, २०८० ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ। घाइते बच्चाहरूको अवस्था भने गम्भीर छ। ट्रकले किचेर बच्चाहरू घाइते भएपछि स्थानीय आक्रोशित बनेका छन्।

लुक्ला उडेको एअर डाइनेष्टीको हेलिकोप्टर प्राविधिक गडबडीपछि काठमाडौं फिर्ता शुक्रबार, फागुन ११, २०८० काठमाडौंबाट लुक्ला उडेको एअर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौं फर्किएको छ। नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ बजेर १४ मिनेटमा लुक्लाका लागि उडेको थियो। तर उक्त हेलिकोप्टर फर्किएर ८ बजेर २३ मिनेटमै काठमाडौंमा ल्यान्ड गरेको छ ।









