News Griha :: न्यूजगृह
मोरङमा मालबाहक ट्रकले तीन बालबालिकासहित चार जनालाई किच्यो

मोरङ– मोरङको बुढीगंगा गाउँपालिका– ४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन्।

शुक्रबार बिहान मार्बल लिएर आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक साँघुरो सडकमा पल्टिएको थियो।

ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ। घाइते बच्चाहरूको अवस्था भने गम्भीर छ। ट्रकले किचेर बच्चाहरू घाइते भएपछि स्थानीय आक्रोशित बनेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:३३
Weather Update