News Griha :: न्यूजगृह
प्रसूति गृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा भेटिइन्, एक महिला पक्राउ

काठमाडौं- थापाथलीस्थित प्रसूतिगृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा फेला परेकी छन्।

शिशुलाई काँडाघारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। ती शिशुलाई लिएर प्रसूतिगृहबाट बेपत्ता भएकी महिलालाई पनि शिशुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्

जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि प्रसूतिगृह लगिएको थियो। प्रहरीले शिशुलाई लिएर बेपत्ता हुने महिलालाई पक्राउ गरे पनि उनको परिचय भने खुलाएको छैन।

ती महिलाले शिशु लैजानुको कारण पनि खुलेको छैन। सीसीटीभी फुटेजका आधारमा खोजी गर्ने क्रममा महिला फेला परेकी हुन्। 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०७:१४
Weather Update