लुक्ला उडेको एअर डाइनेष्टीको हेलिकोप्टर प्राविधिक गडबडीपछि काठमाडौं फिर्ता

काठमाडौं– काठमाडौंबाट लुक्ला उडेको एअर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौं फर्किएको छ। नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ बजेर १४ मिनेटमा लुक्लाका लागि उडेको थियो। तर उक्त हेलिकोप्टर फर्किएर ८ बजेर २३ मिनेटमै काठमाडौंमा ल्यान्ड गरेको छ ।
हेलिकोप्टर बीच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई कारण मानिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १०:०१













