News Griha :: न्यूजगृह
चिर्पटले हानेर हजुरबुबाको हत्या गर्ने नाति पक्राउ

काठमाडौं- रूकुम पश्चिममा नातिले हजुरबुबाको हत्या गरेका छन्। मुसीकोट नगरपालिका– १२ का ५१ बर्षीय  हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ बर्षीय डिल्लीराम पक्राउ परेका छन्।

शुक्रबार बिहान साढे ६ बजेतिर बैगारी ठाँटीदेखि त्रिबेणी तर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए। घटना अनुसन्धान गर्न खटिएको प्रहरी टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको थियो।

प्रहरीसँगको बयानमा नाति डिल्लीरामले हजुरबुबा हस्तरामको हत्या गरेको बताएका हुन्। ‘हजुरबुबाले नातिलाई किन यसरी रक्सी खान्छस् भनेर सम्झाउन खोजेपछि भनाभन भएको र त्यही क्रममा नातिले हजुरबुबालाई धकलेर लडाए पछि चिर्पटले प्रहरी गरी हत्या गरेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले भने ‘मदिराले मातेको नातिलाई सम्झाउन खोज्दा उनकै आक्रमणबाट हजुरबुबाको हत्या भएको खुलेको छ।’

बिहीबार राति सामूहिक रूपमा गाउँलेहरूले दाउरा बालेर आगो तापेका थिए। आगो तापेर सबै घर तर्फ लागेपछि हस्तरामले आफ्नो नातिलाई धेरै रक्सी नखान भनी सम्झाउन खोजेका थिए। त्यसपछि उनी आक्रोशित भएर हजुरबुबालाई सुरुमा धकेलेर लडाएको र पछि बल्दै गरेको चिर्पट प्रहार गरेको इन्स्पेक्टर खड्काले बताए।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:०८
Weather Update