अभिनेत्री रेखा थापालाई पुत्री लाभ

काठमाडौं - अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ। अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन्।
रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अङ्गालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन्। उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन्।
फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, 'हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ।’
रेखा पति बलराम शाही ठकुरीका साथ केही महिनादेखि अमेरिकामा नै बस्दै आएकी छन्।
रेखा अभिनीत फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट रिलिज हुँदैछ। उनले अमेरिकाबाट नै फिल्मको प्रमोसनको काम गरिरहेकी थिइन्।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १८:२७













