News Griha :: न्यूजगृह
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट पुगेका छन्। बुधबारदेखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पञ्चकोट पुगेका हुन्। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन्। राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ पुगेका हुन्। पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको...
बारामा बाघको आक्रमणबाट मोटरसाइकलमा सवार २ जना घाइते
बारामा बाघको आक्रमणबाट मोटरसाइकलमा सवार २ जना घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा पर्ने पिलुवा नजिकैको जङ्गलमा बुधबार साँझ मोटरसाइकलमा सवार दुई युवालाई बाघले आक्रमण गरेको छ। घटनास्थल जितपुर सिमरा उपमहानगरपालिका– १६ भद्रकाली भन्ने ठाउँमा पर्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार बाघको आक्रमणबाट घाइते भएका युवाको सामुदायिक अस्पताल निजगढमा उपचार भइसकेको छ।  
खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो
खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो नेपालगन्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ। महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रुपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप...
हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान
हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए।
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ। देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो।आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय...
२३ दिन पैदल हिँडेर काठमाडौं आइपुगे मिटरब्याजपीडित, आज सिंहदरबारमा मार्च गर्ने
२३ दिन पैदल हिँडेर काठमाडौं आइपुगे मिटरब्याजपीडित, आज सिंहदरबारमा मार्च गर्ने न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडित बुधबार काठमाडौं आइपुगेका छन्। मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन्। माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति...
मंसिर-पुसदेखि सम्पर्कविहीन १८ प्रहरीलाई सातदिन भित्र हाजिर हुन निर्देशन
मंसिर-पुसदेखि सम्पर्कविहीन १८ प्रहरीलाई सातदिन भित्र हाजिर हुन निर्देशन कार्यालयको सम्पर्कमा नरहेका १८ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै १८ जना प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना...
झापा गोल्डकपमा ए डिभिजनसहित १० टिम सहभागी हुने
झापा गोल्डकपमा ए डिभिजनसहित १० टिम सहभागी हुने आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने टिमको नामावली सार्वजनिक गरिएको छ।खेल हुने स्थान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित एक कार्यक्रममा टिमको नामावली सार्वजनिक गरिएको हो।
आज कोशी र मधेससहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना
आज कोशी र मधेससहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै...
Weather Update