कटुवा पेस्तोलसहित पर्साबाट दुई जना पक्राउ

पर्सा– पर्सा प्रहरीले कटुवा पेस्तोलसहित बहुदरमाई नगरपालिका–९ बाट २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया छन्।
उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना१२ प ४९७१ नम्बरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो। उनीहरूविरुद्ध पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १३:४०













