News Griha :: न्यूजगृह
आज कोशी र मधेससहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं– आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
 
विभागका अनुसार कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०६:३८
Weather Update