News Griha :: न्यूजगृह
कालिमाटी तरकारी बजारका सस्ता तरकारी काउलीदेखि आलुसम्म [मूल्य सूचीसहित]
कालिमाटी तरकारी बजारका सस्ता तरकारी काउलीदेखि आलुसम्म [मूल्य सूचीसहित] कालिमाटी तरकारी बजारमा अहिले सबैभन्दा सस्तो सरकारी काउली हो। बजारमा उपलब्ध काउलीमध्ये तराई काउलीको मूल्य २० रुपैयाँदेखि ३० रुपैयाँ प्रतिकेजी छ। त्यस्तै स्थानीय काउलीको मूल्य २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जारी गरेको आजको मूल्य अनुसार गोलभेडा प्रतिकेजी २५ रुपैयाँदेखि ३० रुपैयाँ पर्छ। 
कुशल र अनिल एकै ओभरमा आउट
कुशल र अनिल एकै ओभरमा आउट आईसीसी विश्वपक लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल र अनिल साह एकै ओभरमा आउट भएका छन्। कुशल ६ दशमलव २ ओभरमा एलबीडब्लू आउट भए भने अनिल साह ६ दशमलव ४ ओभरमा आउट भए। कुशल आउट भएपछि भित्रिएका अनिल दुई बलमै आउट भए। कुशलले १६ बलमा तीन चौकाको मद्दतले...
हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न महानगरको सूचना
हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न महानगरको सूचना हडपिएको ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ। महानगरले आज एक सार्वजनिक सूचना जारी गर्दै अबको सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्तिः कम्पनी तथा सङ्घ संस्थाहरू त्यस क्षेत्रबाट हटेर सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गरेको छ। 
विराटनगरको विकास खर्च ३४.१५ प्रतिशत
विराटनगरको विकास खर्च ३४.१५ प्रतिशत चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्नेमा दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजित बजेटको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ। सबैभन्दा बढी विकास खर्च गर्ने वीरगञ्ज महानगरको ३४.३१ प्रतिशत छ।महानगरका १९ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम...
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा वैशाख १४ देखि [परीक्षा तालिकासहित]
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा वैशाख १४ देखि [परीक्षा तालिकासहित] कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय(कक्षा ११ र १२)ले सूचना जारी गर्दै परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यलयले जारी गरेको सूचनामा परीक्षा सुरु हुनुभन्दा आधाघण्टा...
धुलो दूधको माग घट्दा ‘डेरी’ सञ्चालन गर्न 
धुलो दूधको माग घट्दा ‘डेरी’ सञ्चालन गर्न  झापामा  दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवम् बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन्। स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरू पुगेको दुखेसो...
मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने
मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने निर्माणका लागि केही घण्टा बन्द हुँदै आएको मुग्लिङ–नारायणगण सडक अब २४ सै घण्टा सञ्चालन हुने भएको छ। पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ-नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएको थियो।यो वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक...
प्रिमियर लिगमा सीटीको जित
प्रिमियर लिगमा सीटीको जित इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सीटी विजयी भएको छ। बुधबार बिहान सकिएको खेलमा सीटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । सीटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए। 
देशका केहीस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
देशका केहीस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देशभरको मौसमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेश लगायत देशका पहाडी भूभागमध्ये केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ।सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको...
रथी थापाले लगाए दर्ज्यानी चिन्ह, बालाध्यक्ष नियुक्त
रथी थापाले लगाए दर्ज्यानी चिन्ह, बालाध्यक्ष नियुक्त देश बाहिर मिशन फोर्स कमाण्डर रहेका रथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन्। उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
श्रीलंकाको जेलमा कति छन् नेपाली?, आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाइने
श्रीलंकाको जेलमा कति छन् नेपाली?, आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाइने सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ ।
Weather Update