अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाईमंगलबार, फागुन ८, २०८०
-1708396195.jpg)
काठमाडौंभित्रै व्यवस्थापन हुँदैछ फोहोर, टेकुमा १४ हजार केजी कम्पोष्टिङ गरियो मंगलबार, फागुन ८, २०८० काठमाडौं महानगरपालिकाले वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ। फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गर्न थालिएको छ। ढुवानी र व्यवस्थापन पनि छुट्टा-छुट्टैरुपमा गर्ने गरिएको छ। घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी...

थाइल्याण्डमा भएको इन्टरनेसनल बेलुन फियस्तामा बेलुन नेपालको सहभागीता मंगलबार, फागुन ८, २०८० हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’मा सहभागीता जनाएको छ। गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन्।

विदेशी मुद्रा: अमेरिकी डलरमा छैन फेरबदल, अन्य देशका मुद्राको नेपाली मूल्य कति? मंगलबार, फागुन ८, २०८० नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ। आज २०८० फागुन ८ गते, सद्अनुसार फेब्रुअरी २०, २०२४ का लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ। त्यस्तै यूरो १ को खरिददर १४२ रुपैंयाँ ८७ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ५१...
-1708064427.jpg)
आज तराईंका केही क्षेत्रमा हुस्सु, पहाडी तथा हिमाली भागको मौसम सफा रहने मंगलबार, फागुन ८, २०८० आज बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। केही क्षेत्रमा हल्का तथा केही क्षेत्रमा बाक्लो लागेको हुस्सुले प्रभावित बनाएको छ। त्यस्तै आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

पाल्पामा टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु सोमबार, फागुन ७, २०८० दुर्घटनामा रूपन्देहीको तिलोत्तमा नगरपालिका– १६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको दिए मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
किशोरी बलात्कार आरोपमा माओवादीका पूर्वलडाकु कमान्डर पक्राउ सोमबार, फागुन ७, २०८० मकवानपुरकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पूर्वलडाकु कमान्डर हरि श्रेष्ठ पक्राउ परेका छन्।बलात्कार अभियोगमा पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका ७ का हरि श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए।

कर्णालीमा खाद्यान्नको चरम संकट, चामल नहुँदा रित्तिए सरकारी गोदाम सोमबार, फागुन ७, २०८० कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि २ पटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली...

कोरियन भाषा परीक्षा आजदेखि सोमबार, फागुन ७, २०८० ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन।

अश्लील भिडिओ खिच्ने सशस्त्रका डीएसपी केसी पक्राउ सोमबार, फागुन ७, २०८० सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए।

उर्लाबारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक पक्राउ सोमबार, फागुन ७, २०८० मोरङको उर्लाबारीमा एक जना किशोरी अर्धचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ। उर्लाबारीमा डेरामा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन्।मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारी मै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ। स्थानीयले...

पपुवा न्यू गिनीमा जातीय भिडन्त: ६४ जनाको मृत्यु सोमबार, फागुन ७, २०८० पपुवा न्यू गिनीको पहाडी इलाकामा भएको जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्युपपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

अपडेट: तनहुँ दुर्घटनाका मृतकको पहिचान खुल्यो सोमबार, फागुन ७, २०८० आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ।









