८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ: प्रधानमन्त्रीबुधबार, फागुन ९, २०८०

कांग्रेस नेता गणेश लामाको समूहले ललितपुरबाट व्यवसायी अपहरण गरेको खुलासा, मिलापत्र गर्न दबाब बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गुण्डागर्दीको पृष्ठभूमि भएका गणेश लामा र उनका साथी सहदेव कक्षपतिले आफूलाई अपहरण गरेर ८ घण्टा होटलमा बन्धक बनाएको र करोडौँको लेनदेन (फिरौती)को कागज गराएको व्यवसायी खड्काको भनाइ छ। बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट एक वक्तव्य जारी गर्दै खड्काले घटना पुस २३ गते घटेको, तर असुरक्षाका...

सीतापाइला घटनाः चारैजनाको शव शिक्षण अस्पतालमा, पोस्टमार्टम हुँदै बुधबार, फागुन ९, २०८० पत्नी, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका काजीको पनि शव रुखबाट निकालेर यसअघि नै शिक्षण अस्पताल पठाइएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार सोलुखुम्बुको दूधकोशी गाउँपालिका घर भई नागार्जुन नगरपालिका–६ सीतापाइलास्थित भैरव टोलमा डेरा गरी बस्दै आएका बिकले आफन्तको ज्यान लिएपछि आत्महत्या गरेका हुन्।

प्रख्यात रेडिओ प्रस्तोता अमीन सयानीको निधन बुधबार, फागुन ९, २०८० ९१ वर्षीय सयानीको मंगलबार निधन भएको द वायर हिन्दीले जनाएको छ। उनको मृत्यु हृदयघातबाट भएको हो। सयानीको अन्तिम संस्कार बिहीबार हुनेछ। सयानीको पूरै भारतीय उपमहाद्वीपमा रेडिओसीलोनमा प्रतिष्ठित बिनाका गीतमाला शोको प्रस्तोताको रुपमा धेरैले चिन्छन्।

सिन्धुपाल्चोकमा जीप दुर्घटना, २ जनाको मृत्यु बुधबार, फागुन ९, २०८० मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधान छन् । उनीहरूको घटनास्थल मै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। जीपमा चालकसहित ६ जना सवार थिए । चालकसहित ४ जना घाइते छन्।

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु बुधबार, फागुन ९, २०८० आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए। उनकी छोरीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो।

मिडिया सेन्टर हेरेर देउवाले भने– पत्रकारज्यूहरूले हामीलाई सुझाव दिँदै गर्नुहोला बुधबार, फागुन ९, २०८० नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले महासमिति बैठक स्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गरेका छन्। गोदावरी हलसँगै स्थापना गरिएको मिडिया सेन्टरको निरीक्षण गर्दै देउवाले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारीतामा ध्यानदिन आग्रह गरे। उनले भने, ‘पत्रकार ज्यूहरुले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरु सम्प्रेषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला।’

सीतापाइला घटनाः ३ जनाको हत्यापछि आत्महत्या! बुधबार, फागुन ९, २०८० मृतक महिलाका श्रीमान् भनिएका १ जना पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । झुण्डिएको अवस्थामा मृत भेटिने राजु घिमिरे भनिने काजी बिक हुन् । महिला र बालबालिकाहरु मृत फेला परेको ठाउँभन्दा करिब २ किलोमिटर पर जंगलमा काजी झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

अनि फेरियो साँखगाउँको मुहार बुधबार, फागुन ९, २०८० रुकुम पश्चिमको सदरमुकाम नजिकै छ साँखगाउँ। सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ। माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ। मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ। परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले...

स्वयम्भूको जङ्गलमा एक पुरुष झुण्डिएको अवस्थामा भेटिए बुधबार, फागुन ९, २०८० प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार उनीहरू कोठाभित्रै मृत भेटिएका हुन्। बाबु सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिक फरार छन्। झुण्डिएको अवस्थामा फेला परेका पुरुष काजी हुन् या अरु व्यक्ति नै हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

देशको आर्थिक परिसूचकमा सुधार हुँदैछ: अर्थमन्त्री बुधबार, फागुन ९, २०८० अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन्। तर अर्थतन्त्र भने चापमा नै रहेको उनले बताए। ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कांग्रेस प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने बताए। आर्थिक वृद्धि र न्यायोचित वितरण,...

सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या बुधबार, फागुन ९, २०८० स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ। बाबु सोलुखुम्बुका राजु घिमिरे फरार छन्। प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ वर्षीया छोरी र साढे २ वर्षीया नातिनीको हत्या भएको हो।

नेपाल प्रहरीका ७ एसपीको काज सरुवा बुधबार, फागुन ९, २०८० बिमल बस्नेतको मर्यादापालक, वीरेन्द्र शाहीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएको छ। त्यस्तै, विमलराज कणेलको प्रहरी कल्याण महाशाखा, बालनरसिंह राणाको प्रहरी प्रधान कार्यालय महिला बालबालिका, नान्तीराज गुरुङको प्रहरी प्रधान कार्यालय ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको हो।









