प्रख्यात रेडिओ प्रस्तोता अमीन सयानीको निधन

काठमाडौं– भारतका प्रतिष्ठित रेडिओ प्रस्तोता अमीन सयानीको निधन भएको छ।
९१ वर्षीय सयानीको मंगलबार निधन भएको द वायर हिन्दीले जनाएको छ। उनको मृत्यु हृदयघातबाट भएको हो। सयानीको अन्तिम संस्कार बिहीबार हुनेछ। सयानीलाई पूरै भारतीय उपमहाद्वीपमा रेडिओ सीलोनमा प्रतिष्ठित बिनाका गीतमाला शोको प्रस्तोताको रुपमा धेरैले चिन्छन्।
उनले सन् १९५१ देखि रेडिओमा कार्यक्रम चलाउन थालेका हुन्। बिनाका गीतमाला १९५२ मा खुबै प्रख्यात पनि थियो।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १५:५०













