स्वयम्भूको जङ्गलमा एक पुरुष झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं– सीतापाइलामा थप एक जना मृत फेला परेका छन्।
स्वयम्भूको जङ्गलमा एक पुरुष सालको रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यसअघि एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका थिए।
प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार उनीहरू कोठाभित्रै मृत भेटिएका हुन्। बाबु सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिक फरार छन्। झुण्डिएको अवस्थामा फेला परेका पुरुष काजी हुन् या अरु व्यक्ति नै हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १२:२८













