सिन्धुपाल्चोकमा जीप दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ स्थित नागपुजेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधान छन् । उनीहरूको घटनास्थल मै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। जीपमा चालकसहित ६ जना सवार थिए । चालकसहित ४ जना घाइते छन्।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १५:१८













