मिडिया सेन्टर हेरेर देउवाले भने– पत्रकारज्यूहरूले हामीलाई सुझाव दिँदै गर्नुहोला

ललितपुर– नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले महासमिति बैठक स्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गरेका छन्।
गोदावरी हलसँगै स्थापना गरिएको मिडिया सेन्टरको निरीक्षण गर्दै देउवाले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारीतामा ध्यानदिन आग्रह गरे।
उनले भने, ‘पत्रकार ज्यूहरुले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरु सम्प्रेषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला।’
मिडिया सेन्टरसहित सभापति देउवाले सूचना केन्द्र, स्वास्थ्य शिविर र भोजन व्यवस्थापन लगाएतका व्यवस्थापनका बिषयमा जानकारी लिएका थिए। साथै, उनले व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १३:४२