सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या

काठमाडौं– सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ।
स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ। बाबु सोलुखुम्बुका राजु घिमिरे फरार छन्। प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ वर्षीया छोरी र साढे २ वर्षीया नातिनीको हत्या भएको हो।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० ११:५३













