श्रीलंकाको जेलमा कति छन् नेपाली?, आममाफीका लागि राष्ट्रपतिलाई पत्र पठाइने

काठमाडौं– सरकारले श्रीलंकाको जेलमा रहेका ३ नेपालीलाई आममाफी दिन अनुरोध गर्ने भएको छ।
नेपाली नागरिक चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङ श्रीलंकाको जेलमा कैदी जीवन बिताइरहेका छन्।
उनीहरुको कैद सजाय मानवीय आधारमा आममाफीका लागि श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पठाउन फागुन ६ को मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १९:००













