News Griha :: न्यूजगृह
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने शेर्पा पक्राउ 
सांकेतिक तस्बिर

इलाम– ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका– १ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको टोलीले सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:१२
Weather Update