News Griha :: न्यूजगृह
मोटरसाइकल दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

विराटनगर– उदयपुरको त्रियुगा नगरपालिका–८ मा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

नेपालटारबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्रदेश १–०५–०१ क ००३५ नम्बरको ट्रकसँग को–२८ प ७०८६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक उदयुरगढी–६ का ३४ वर्षीय रत्नकुमार तामाङ र पछाडि सवार उनकी ३३ वर्षीया श्रीमती उर्मिला तामाङलाई घाइते भएका थिए।

जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा रत्नकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्रक चालक ४० वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:५७
Weather Update