गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पानी पर्ने सम्भावना

काठमाडौं- अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसका कारण
देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। केही ठाउँमा आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
वर्षा, हिमपातले बढ्ने चिसोले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८० ०६:३६