News Griha :: न्यूजगृह
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने, बिहीबार कहाँ कति पानी पर्‍यो?
मनाङको सदमुकाम चामेबजारमा भएको हिमपात ।

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहनेछ। काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौँसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा भएको छ। आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ।

snow-and-tourist-1708664876.jpg
हिउँमा रमाउँदै पर्यटक

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा  साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई स्थानमा छिटफुट वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। बिहीबार काठमाडौंमा तीन दशमलव छ मिलिमिटर वर्षा भएको छ। पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दिपायल र डडेलधुरामा समान तीन मिलिमिटर वर्षा भएको छ।

solu-Salleri-1708664712.jpg

सोलुखुम्बुमा परेको हिउँ ।


 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:४८
Weather Update