बुढीगंगा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर [अपडेट]
![बुढीगंगा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर [अपडेट]](https://newsgriha.com/uploads/posts/morang-accident-1708663704.jpeg)
मोरङ– मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइतेका तीन जनाको मृत्यु भएको छ।
भारतीय नम्बर प्लेट प्लेटको मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए। उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन्। त्यस्तै, किचिएर मृत्यु हुनेमा अर्की स्थानीय ७ वर्षीया रीमा खवास छन्।
५८ वर्षीय ज्याती अधिकारी घाइते भएकी छिन्। ट्रकले किच्दा उनको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १५:४३













