आज छिटपुट वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुनेसोमबार, फागुन १४, २०८०

बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति, अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी आइतबार, फागुन १३, २०८० २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पछि दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौं काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ।

डलर देखाएर १० वर्षदेखि ठगी, दम्पतीसहित तीन जना पक्राउ आइतबार, फागुन १३, २०८० एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ। उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन्। ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली आइतबार, फागुन १३, २०८० पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फालाई बदली गर्नका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औं डफ्फाका २१४ जना नेपाली शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा यूएन चार्टड फ्लाइटमार्फत आज (फागुन १३ गते) काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका जंगी अड्डाले जनाएको छ।

विवादमा मुछिएका न्यायाधीश थपलिया र निरौला बर्खास्त आइतबार, फागुन १३, २०८० न्यायपरिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरहेको थियो। यस्तोमा थपलिया र निरौला बर्खास्तमा परेका हुन्। जिल्लाका ३ र उच्चका १ सहित चारजना न्यायाधीश कारबाहीको सूचीमा थिए। जसमा एकजनाले यसअघि नै राजीनामा दिइसकेका छन्।

पत्रकारले समयमै पारिश्रमिक नपाएको विषय संसद्मा प्रवेश आइतबार, फागुन १३, २०८० श्रेष्ठले राज्यको चौथो अङ्गमा कार्यरत श्रमजीवीले समयमै पारिश्रमिक पाउनु पर्ने हो कि होइन? भन्दै प्रश्न पनि गरे।श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएको विषय सञ्चारगृहबाट सडकसम्म पुगेको बताएका श्रेष्ठले श्रमजीवीको पारिश्रमिक बेलैमा उपलब्ध गराउने वातावरण बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए।

मिटरब्याज पीडितसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा टोली गठन आइतबार, फागुन १३, २०८० मिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ। गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो। पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेचीपुलदेखि पैदल हिँडेर २३ दिनमा काठमाडौं पुगेका पीडितसँग वार्ता गर्न मन्त्रालयले गृहका सहसचिव पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।

गरिबीका कारण फुरदिकुले पाइनन् उपचार, सुँगुरको खोरमा थुनिएकी छन् आइतबार, फागुन १३, २०८० सामान्य घरखेतीबाट परिवार चलाउँदै आएका शेर्पा दम्पतीलाई जेठी छोरी फुरदिकुमा देखिएको समस्याले झनै समस्या भएको छिमेकी दोर्जे शेर्पाले बताए। ‘पाँच सन्तानका बुबारआमा पेमाछेतर र निम्लेलाई ठूलो समस्या आइलागेको छ । छिमेकमा बसेका हामीले गर्नसक्ने भनेको अर्मपर्म हो । त्यस्तो सहयोगले उनीहरूको समस्या समाधान हुनेवाला छैन’, उनले भने, ‘पेमाछेतर र निम्लेलाई...

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ आइतबार, फागुन १३, २०८० एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ ।त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ ।एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको...

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ आइतबार, फागुन १३, २०८० घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ।यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य...
पर्यटकको रोजाइमा चंखेली हिमाल आइतबार, फागुन १३, २०८० मुगुको छायानाथ रारा नगरपालिका–१४ मा रहेको चंखेली हिमालको फेदसम्म सडक सन्जाल पुगेपछि चंखेली चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या विस्तारै बढ्दै गएको छ। चंखेली हिमाल समुन्द्र सतह देखी ४ हजार ५सय मिटरको उचाईमा रहेको छ। चंखेलीको टुप्पोबाट नेपालका ठूला नदी र तालहरु रारा, चुचेमार, मुर्माटप, कर्णाली नदी नियाल्न सकिन्छ। ...

शालीनदीको एक महिने मेलामा करिब एक करोड संकलन, २२ लाख भक्तजन पुगे आइतबार, फागुन १३, २०८० साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ।स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो।शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको...

विश्वमा त्रास फैलाएको रुस-युक्रेन युद्धको दुई वर्ष पूरा आइतबार, फागुन १३, २०८० रुस-युक्रेन युद्ध सुरु भएको दुई वर्ष पूरा भएको छ। युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन्। युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ ।रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य...









