आज छिटपुट वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

काठमाडौं- अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसका कारण मौसममा आंशिकदेखि सामान्य बदलीसम्म हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। केही भागमा छिट्फुट वर्षाको सम्भावना छ।
बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ०५:५६













