News Griha :: न्यूजगृह
विवादमा मुछिएका न्यायाधीश थपलिया र निरौला बर्खास्त

काठमाडौं– न्याय परिषद्ले विवादमा मुछिएका दुईजना न्यायाधीशलाई बर्खास्त गरेको छ।

न्याय परिषद्को आइतबार बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय लिएको हो।

न्यायपरिषद्ले यी दुवै न्यायाधीशलाई बर्खास्तीका लागि सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको छ।

न्यायपरिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरहेको थियो। यस्तोमा थपलिया र निरौला बर्खास्तमा परेका हुन्। जिल्लाका ३ र उच्चका १ सहित चारजना न्यायाधीश कारबाहीको सूचीमा थिए। जसमा एकजनाले यसअघि नै राजीनामा दिइसकेका छन्।

छानबिन अघि बढेपछि गत माघ ७ गते नै जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिएका थिए। 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:०४
Weather Update