News Griha :: न्यूजगृह
मिटरब्याज पीडितसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा टोली गठन

काठमाडौंमिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ।

गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो। पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेचीपुलदेखि पैदल हिँडेर २३ दिनमा काठमाडौं पुगेका पीडितसँग वार्ता गर्न मन्त्रालयले गृहका सहसचिव पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।  

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो।

तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो। लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो। पत्रमा पीडितका तर्फबाट पाँच सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:१३
Weather Update