News Griha :: न्यूजगृह
लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान (युनिफिल) लेवननमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फालाई बदली गर्नका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औं डफ्फाका २१४ जना नेपाली शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा यूएन चार्टड फ्लाइटमार्फत आज (फागुन १३ गते) काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका जंगी अड्डाले जनाएको छ।

यस्तै, सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका २०८ जना नेपाली शान्ति सैनिकहरू सेनानी सुशील बानियाँको नेतृत्वमा आजै स्वदेश फर्किएका छन्।हाल उक्त मिसनमा नेपाली सेनाका ८७३ जना शान्ति सैनिकहरू कार्यरत छन्।   

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:४२
Weather Update