बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै शनिबार, जेठ ५, २०८१

ताइवानको संसद्मा झडप, सांसदहरुबीच हानाहान शनिबार, जेठ ५, २०८१ समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसद्मा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ। चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसद्मा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ। सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन्।...

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु शनिबार, जेठ ५, २०८१ जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

अफगानस्तानको बामियान प्रान्तमा गोली हानी तीन विदेशीसहित ४ जनाको हत्या शनिबार, जेठ ५, २०८१ शुक्रबार भएको घटनामा तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो। आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गरे।

मकवानपुर कार दुर्घटनाः दुईको मृत्यु, एक घाइते शनिबार, जेठ ५, २०८१ बकैया गाउँपालिका–१२ चौतारास्थित कान्ति लोकपथमा शनिबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एकजना घाइते छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो।

युद्धग्रस्त गाजामा तीन इजरायली बन्धकको शव फेला पर्यो, १७ अमेरिकी डाक्टर सुरक्षित शनिबार, जेठ ५, २०८१ गत ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा तीन जना मारिएका थिए। पछि उनीहरुको शव गाजामा लगिएको थियो। सुरुमा तीनमध्ये दुईजना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो। लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो।

लापसे गरी सवारी चलाउने ६ जना चालक पक्राउ शनिबार, जेठ ५, २०८१ लापसे गरेर सवारी चलाइरहेका उनीहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप गाजा पुर्यायो शनिबार, जेठ ५, २०८१ अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ।अमेरिकाको सेन्ट्रल कमान्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन्।

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत शनिबार, जेठ ५, २०८१ बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

मनमैजुमा प्रहरी जवान मृत भेटिए, घटना शंकास्पद शनिबार, जेठ ५, २०८१ बिहीबार ड्युटी सकेर निस्किएका उनी त्यसपछि कार्यालय फर्किएका थिएनन्। शुक्रबार अपरान्ह मृत भेटिएको खबर आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको थियो।

नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस शनिबार, जेठ ५, २०८१ शुक्रबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको हो।

दाङबाट काठमाडौं आउँदै गरेको नाइट बस दुर्घटना, १० यात्रु घाइते शुक्रबार, जेठ ४, २०८१ घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा १० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए।

घरमा कोही नभएको समयमा चोरी गर्ने गिरोह पक्राउ शुक्रबार, जेठ ४, २०८१ ललितपुरको खोकनास्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहना, नगद तथा आइफोन चोर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ बिहीबार पक्राउ गरेका हो।









