कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेनशुक्रबार, जेठ ४, २०८१

कपनबाट पेस्तोलसहित १ जना पक्राउ शुक्रबार, जेठ ४, २०८१ काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-११ कपन पैयुँटार डेरा गरी बस्ने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनार छन्।

बढेको बढ्यै गर्मीः अधिकतम तापक्रम ४० डिग्रीमाथि शुक्रबार, जेठ ४, २०८१ नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ। देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ।

लागुऔषध कारोबारको उच्च जोखिममा बाँके शुक्रबार, जेठ ४, २०८१ बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ। भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

खुकुरी प्रहरी गरी फरार १० जना पक्राउ शुक्रबार, जेठ ४, २०८१ कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
-1715932538.jpg)
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम हुन्छः राष्ट्रपति पौडेल शुक्रबार, जेठ ४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्। नेपाल बार एशोसियशनले आयोजना गरेको १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारण गर्ने माध्यम भएको भन्दै विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै...

जनकपुर–जयनगर रेल भोलिबाट ३ दिन बन्द हुँदै शुक्रबार, जेठ ४, २०८१ भारतमा हुन गैरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि (शनिबार) देखि तीन दिन बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन्।

गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकसहित १२ घाइते शुक्रबार, जेठ ४, २०८१ बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

५ लाख धरौटीमा रिहा भए गायक रवि ओड शुक्रबार, जेठ ४, २०८१ वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन्।कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएका हुन्।

रहेनन् पूर्वप्रधानसेनापति थापा शुक्रबार, जेठ ४, २०८१ उनकै पालामा सेनाको संख्या ५० हजार पुर्याउने कार्य अगाडि बढाइएको थियो। सेनाका अधिकृत र जवानहरूका लागि परिवार आवाससमेत बनाइएको थियो। नेपालका प्रधानसेनापतिहरूमध्ये चीनको भ्रमण गर्ने, भारतको इन्डियन मिलिटरी एकेडेमीको पासिङ आउट परेडमा सलामी र विदेशी प्रधानसेनापतिको सम्मान पाउने उनी पहिलो हुन्।

आजको मौसमः चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षा हुने, तराईमा तातो हावा चल्ने शुक्रबार, जेठ ४, २०८१ शुक्रबार दिउँसो कोशी र मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको...

सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली बिहीबार, जेठ ३, २०८१ सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका- ६ मा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

जबरजस्ती करणीको जाहेरी परेपछि फरार भए एमाले नेता विदुर शर्मा बिहीबार, जेठ ३, २०८१ नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ।









